सरकार आगामी वर्षको बजेट बनाउन व्यस्त, चालु खर्च कछुवा गतीमा

वैशाख २२, २०८१ | काठमाडौं

सरकारले आगामी आर्थिक वर्षको बजेट गृहकार्य तिव्र बनाईरहेका बेला चालु आर्थिक बर्षको बजेट भने कछुवा गतीमा छ ।

सरकारले चालु आर्थिक वर्षको १० महिनामा पुँजिगत खर्च जम्मा साढे ३४ प्रतिशत हाराहारीमा मात्रै गर्न सकेको छ । पुजिगत तर्फ ३ खर्व २ अर्व बजेट विनियोजन गरेको सरकारले वैशाख २१ अथार्त हिजो सम्म ३४ दशमलव ७९ प्रतिशत अथार्त १ खर्व ५ अर्व रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।

सरकारले लक्ष्य अनुसार खर्च गर्न नसक्दा पुँजि चलायमान हुन सकेको छैन भने अर्थतन्त्रका अन्य क्षेत्रमा समेत असर गरेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट गृहकार्य तिव्र पारेको छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार आगामी आर्थिक वर्षको बजेट गुृहकार्य तिव्र पारिएको हो ।

सरकारको राजश्व पनि लक्ष्य अनुसार उठ्न सेकेको छैन । जसले सरकारी वित्त घाटामा देखिएको छ । राजश्व लक्ष्य अनुसार उठ्न नसकेको र अन्य श्रोतहरु समेत खुम्चिएपछि चालु खर्च धान्न सरकारलाई अफ्ठयारो परिरहेको छ ।

अर्थविद्हरुले सरकारी खाता घाटामा देखिनुले अर्थतन्त्रमा नकारात्मक संकेत देखिने बताएका छन् । 


प्रतिक्रिया