सत्यवतीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

जेष्ठ २२, २०८० | पाल्पा

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । हिजो बेलुकी भएको जीप दुर्घटनामा अर्घाखाँचीकी ५५ वर्षीया श्यामकला परियार, २६ वर्षीय रमेश विक, २५ वर्षीया सीता गौतम, ३७ वर्षीय विजय पोखरेल र दुई बर्षीय संयोग गौतमको मृत्यु भएको प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

दुर्घटना घाइते १० जनाको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको जीप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा परेको थियो ।   


प्रतिक्रिया