करेन्ट लागेर दुई जनाको मृत्यु

जेष्ठ ३१, २०८० | मकवानपुर

मकवानपुर पुर्वीक्षेत्रमा पर्ने बकैया गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । बकैया–८, तल्लो वीरेफाँटमा मकैबारीमा लत्रिएको विजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउने प्रयास गर्ने क्रममा ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पूर्णबहादुर लोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार तार उठाउनका लागि पोल गाड्न फलामको खन्तीले खाल्डो खन्ने क्रममा नाङ्गो तारमा छोएर करेन्ट लागेको प्रहरीले उल्लेख गरेको छ ।


प्रतिक्रिया