नुवाकोटमा झाडापखालाका कारण एकै परिवारका २ बालिकाको मृत्यु

असार १, २०८० | नुवाकोट

नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ बेतिनीस्थित होइबाङ टोलमा झाडापखालाका कारण एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।

 स्थानीय १० वर्षिय सुनिता तामाङ र ५ वर्षिया आइसानी तामाङको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो । दुषित पानी खाएर झाडापखाला लाग्दा दुई बालिको मृत्यु भएको अध्यक्ष थापाको भनाई छ ।

परिवारका ९ सदस्य मध्ये ३ जना गम्भिर विरामी परेका थिए । उपचारका लागि ल्याईएका ३ मध्ये २ जनाको मृत्यु भएको हो । १ जना उपचारपछि घर फर्किएका छन् ।

 गाउँको ट्याङकीमा प्रदुषित खाने पानीका कारण झाडापखाला फैलिएको प्रारम्भिक अनुसन्धानमा पाइएको गाउँपालिका अध्यक्ष थापाको भनाई छ । गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी औषधी र खानपानीको व्यवस्थापन गरिएको छ । 


प्रतिक्रिया