तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ७३ करोड ८४ लाखको बजेट

असार १०, २०८०

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ७० करोड बढीको बजेट सार्वजनिक गरेको छ । दोस्रो नगरसभामा उप–प्रमुख जगेश्वर देवी चौधरीले नगरको आगामी वर्षका लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयांको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमध्ये चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै, पूंजीगततर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपियाँ विनियोजन गरिएको छ । तिलोत्तमाले आगामी वर्षका लागि भवन, शहरी विकास र पूर्वाधारमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । त्यस्तै, स्वास्थ्य सेवामा सबै नागरिकको पहुंच सुनिश्चित गर्ने नीति बजेटमार्फत् लिइएको उपप्रमुख चौधरीले बताउनुभयो । 


प्रतिक्रिया