शिवपुरी गाउँपालिकाले ल्यायो ५४ करोड ९४ लाखको बजेट

असार १०, २०८० | नुवाकोट

शिवपुरी गाउँपालिकाले गुणस्तरीय कार्य गर्न यथास्थितिकै बजेट ल्याएको छ । गाउँ सभाको १२ औं अधिवेसनमा गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष बीरबहादुर तामाङले आगामी आर्थिक २०८०/०८१ को लागि ५४ करोड ९४ लाख रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।

गाउँपालिका समग्र रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास लगायतलाई जोड दिएको छ । गाउँपालिकाले यसअघि दिंदै आएको र सस्तो लोकप्रियता भएको भन्दै एकल पुरुष भत्ता खारेज गरिदिएको प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्कीले जानकारी दिनुभयो । 


प्रतिक्रिया