कपिलवस्तुमा सर्पले डस्दा ४ जनाको मृत्यु

असार २६, २०८० | कपिलवस्तु

कपिलवस्तुमा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई जनासहित चार जनाको मृत्यु भएको छ । सर्पले डस्दा बुद्धभूमि नगरपालिका–१ कपासीका १२ वर्षीय दिपक भूषाल र ९ वर्षीय प्रदीप भूषालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दाजुभाइ हुन् । गएराति घरको भूइमै सुतेका बेला उनीहरुलाई सर्पले डसेको थियो । त्यस्तै, गोमन सर्पको टोकाइबाट महाराजगञ्ज नगरपालिकाकी ३१ वर्षीर्या अनिता यादवको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका–१० हरदास डिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । 


प्रतिक्रिया