दुर्घटना हुँदा तीन जनाको मृत्यु

श्रावण ६, २०८० | सुनसरी

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना एकै मोटरसाइकलमा चढेका बेला दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका अर्का एक जनाको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै एकै गाउँका रहेको बताइएको छ ।

कोशी प्रदेश टाफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बरको पिकअपसँग मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार चारैजनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप चालक भारत दार्जीलिङका ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया