खोलामा डुबेर एक बालकको मृत्यु

श्रावण ६, २०८० | रुपन्देही

रुपन्देहीको सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर तिलोत्तमा नगरपालिका–१५ मदौलियाका ११ वर्षीय अमन थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवास्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालका अनुसार अमन अन्य तीन जना साथीहरुसँग पौडी खेल्न खोलामा गएका थिए । तिनाउ खोलामा रहेको कौवाघाटदेखि दक्षिणतर्फ खोलाको हिलोमा गाडिएको अवस्था अमनको शव भेटिएको हो । 


प्रतिक्रिया