बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

श्रावण ८, २०८० | चितवन

चितवनमा बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ कोटेनीका २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको छ । माछा मार्न गएका बोटेलाई बाघले आक्रमण गरेको र उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । 

चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा गत आर्थिक वर्षमा एकजनाको ज्यान गएको थियो । आर्थिक वर्ष ०७८/७९ मा भने बाघको आक्रमणमा परि १४ जनाको ज्यान गएको निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताउनुभयो । नेपालमा सवैभन्दा बढी चितवन निकुञ्जमा बाघ पाइन्छन् ।


प्रतिक्रिया