मुगुको गमगाढ जलविद्युत आयोजना सञ्चालनमा

श्रावण १३, २०८० | मुगु

बाढीले अवरुद्ध भएको मुगुको गमगाढ जलविद्युत आयोजना १७ दिनपछि सञ्चालनमा आएको छ । बाढी पहिरोले क्षतिग्रस्त बनाएको सो जलविद्युत आयोजनाको मर्मत सम्भारपछि हिजो साँझबाट सञ्चालनमा आएको गमगाढ वितरण केन्द्र प्रमुख साजन ऐडीले जानकारी दिनुभयो ।

आयोजना सञ्चालन भएसँगै गमगढी बजार, श्रीनगर, कार्कीबाडा, भामबाडा, लगायत स्थानका ३ हजार घरधुरीमा बत्ती बलेको छ । सो आयोजना लामो समयसम्म अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका थिए । सो आयोजना दिगो नभएकोले जिल्लालाई राष्ट्रिय प्रसारण लाइनको पहुँचमा पुर्‍याउन नागरिक अगुवाहरुले माग गरेका छन् । 


प्रतिक्रिया