मुगुको सोरुकोटस्थित इलाका प्रशासन अधिकृतविहीन

श्रावण १७, २०८० | मुगु

मुगुको सोरुकोट इलाका प्रशासन कार्यालय अधिकृतविहीन हुँदा कामकाज प्रभावित भएको छ । कार्यालयमा अधिकृत नहुँदा स्थानीयलाई नागरिकता बनाउन समेत समस्या भएको छ । इलाका प्रशासन कार्यालयमा कार्यरत कायममुकायम शाखा अधिकृत खडक बहादुर बस्नेत गत असार १५ मा घरतिर गएपछि एक महिनादेखि कामकाज प्रभावित भएको हो ।

कायममुकायम शाखा अधिकृत बस्नेतको म्याद असारबाटै सकिएको र गृह मन्त्रालयले म्याद नथप्दा सर्वसाधारण सेवा पाउनबाट वञ्चित भएका हुन् ।

कार्यालयका सहायक कम्प्युटर अप्रेटर पदमराज शाहीका अनुसार कामु शाखा अधिकत बस्नेतको म्याद थप नहुँदा अझै शाखा अधिकृत आउने निश्चित भएको छैन । सोरुकोट इलाका प्रशासन कार्यालयमा ७ जनाको दरबन्दी भएपनि हाल तीन जना मात्र कार्यरत छन् । 


प्रतिक्रिया