तीन तहकै सरकार विकास र सुशाशनमा कमजोर: पूर्व मुख्यमन्त्री

श्रावण ३१, २०८०

लुम्बिनीमा पूर्व मुख्यमन्त्री लीला गिरीले तीन तहकै सरकार विकास र सुशाशनका मामिलामा कमजोर देखिएको बताउनुभएको छ । 

उहांले सरकारी अड्डा नै भ्रष्टाचारको अखण्डा बनेको , नेता र आसेपासे त्यसमा संलग्न भएको र भ्रष्टाचारीलाई जोगाउन सरकारी संयन्त्र नै लागेको आरोप लगाउनुभयो । एमालेले बुधबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमूख्यमन्त्री गिरीले अघिल्ला सरकारले सुरु गरेका काम समेत नगरेको, नागरिकका माग सम्बोधन नभएको र अजारकता एवं बेथिति बढेको दाबी गर्नुभयो । उहांले भ्रष्टाचारका घटनामा आफ्ना नेता पर्दा जोगाउनुले देशकै सुशाशन खलबलिएको बताउनुभयो ।

पूर्व मूख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सामाजिक र मानवीय विकासमा पछाडि रहेको बताउदै नेता कार्यकर्ताहरुलाई त्यसको सुधारमा अभियान चलाउन समेत आग्रह गर्नुभयो । उहांले नागरिकको शिक्षा स्वास्थ्य र जिविकोपार्जन नसुधारिएसम्म विकासको अर्थ नहुने समेत बताउनुभयो । 


प्रतिक्रिया