सभाध्यक्ष मन्सुरीले सभामा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाद्वारा सदन बहिष्कार

भाद्र ६, २०८०

कोशीका प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी राप्रपाले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै आज बसेको प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुने बित्तिकै राप्रपाका नेता भक्तिप्रसाद सिटौलाले कुर्सीबाट उठेर सभाध्यक्ष मन्सुरीले अस्ति सोमबारको प्रदेशसभा बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गरेकाले बैठक बहिष्कार गरेको भन्दै सदन बाहिर निस्किनु भएको थियो । 

त्यसलगतै एमालेका प्रदेश सांसदहरु कुर्सीबाट उठेर एमाले प्रदेश सांसद तिलकुमार मेन्याङबो सभाध्यक्ष मन्सुरीले संविधानको धारा १८६ विपरित सोमबारको बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावमा मतदान गरेकाले सदन बहिष्कार गरेको भन्दै एमालेका सबै सांसद सदन बाहिर निस्केका थिए । त्यसपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेशसभा बैठक स्थगितको घोषणा गर्नु भएको छ । उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएको र उपचारका लागि बाहिर जानुपर्ने भएको भन्दै अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्न तोकेको सूचना प्रदेशसभा सचिवालयलाई दिनुभएको थियो । 

सो पत्रका आधारमा मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत लिने सभामा अध्यक्षता गनर्् ुभएको थियो । तर मतदान सकिएर मत सच्याउन दिएको समयसमेत समाप्त भएपछि अध्यक्षको आसनमा अध्यक्षमण्डलकी अर्की सदस्य माओवादीकी गीता तिम्सिनालाई बसाएर मन्सुरीले विश्वासको मतको पक्षमा मतदान गर्नु भएको थियो । 


प्रतिक्रिया