नुवाकोटको सिम्बुटारमा घरटहरा भत्काउँदा सुकुम्बासी–प्रहरी झडप

भाद्र ९, २०८० | नुवाकोट

नुवाकोटमा विदुर नगरपालिका–१ सिम्बुटारस्थित सरकारी जग्गामा बस्दै आएका भूकम्प पीडितलाई हटाउने क्रममा झडप हुँदा २ प्रहरी घाइते भएका छन् । भूकम्पपछि विदुर–१ सिम्बुटारमा बस्दै आएका ६५ घरधुरी भूकम्प पीडितलाई हटाउने क्रममा झडप भएको हो ।

सो झडपका क्रममा भूकम्प पीडितले सुरक्षाकर्मीलाई ढुंगा र वियरका बोत्तल प्रहार गर्दा प्रहरी निरीक्षक रुद्र कँडेल र एक सहायक हवल्दार घाइते भएका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । भूकम्प पीडित पक्षका ७ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

सरकारी जग्गामा बस्दै आएका भूकम्प पीडितलाई सो ठाउँ खाली गर्न नगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि आज सुरक्षाकर्मीको सहयोगमा हटाइएको पौडेलले बताउनुभयो । 


प्रतिक्रिया