एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा ९ सय ६५ मत खस्यो

भाद्र १९, २०८०

रुपन्देहीको बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान प्रक्रिया सकिएको छ । १ हजार ५ जना मतदाता मध्ये ९ सय ६५ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताउनुभयो । मतदानका लागि लुम्बिनीका १२ जिल्लाबाट एमाले प्रतिनिधिहरु सहभागि भएका थिए । एमाले लुम्बिनीको नया नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् । 

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ एवं विश्वराज बराल बांकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिस्पर्धामा छन् । सचिव निर्विरोध छ भने उपसचिव खुलामा ३ र महिलामा ३ जना प्रतिस्पर्धामा छन् । उपसचिव खुलामा उपेन्ऽलाल कामी, दुर्गाप्रसाद थारु चौधरी र पूर्णमगर मैदानमा छन् । उपसचिव महिलामा आरती पौडेल , लीला रानामगर र वसन्ती अधिकारीले प्रतिस्पर्धा गरेका छन् । यस्तै लेखा कमिटी अध्यक्षमा दामोदर घिमिरे र विष्णुराज विसीको उम्मेदवारी छ । 

आगामी नेतृत्वका लागि पदाधिकारीमा सचिव सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भइरहेको छ । यसबाहेक भुगोलतर्फ रुपन्देही, गुल्मी, बांके र दाड. जिल्ला गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भइरहेको हो । आज साझसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले बताउनुभयो । 


प्रतिक्रिया