प्रधानमन्त्री विरुद्धको मुद्धा सामान्य विषय होइन: प्रधानमन्त्री दाहाल

भाद्र २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा सामान्य नभएको टिप्पणी गर्नुभएको छ । मकवानपुरमा आयोजित समाजवादी मोर्चाको बागमती भेलालाई सम्बोधन गर्दै उहांले आफू प्रधानमन्त्री भएपछि पटक पटक कार्यकारी विरुद्ध अदालतमा मुद्धा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

विस्तृत शान्ति सम्झौताको मर्म विपरित, र संविधानमाथि प्रहार गर्दै प्रधानमन्त्रीका विरुद्ध मुद्धा हाल्ने काम भइरहेको उहाांको भनाई थियो । आफू प्रधानमन्त्री भएसागै सरकारले भ्रष्टाचार, वेथिती र कुशासनका विरुद्ध अभियान सञ्चालन गरेसागै आफूविरुद्ध एक समूह लागेको दाहालले दावी गर्नुभयो । 

अर्को प्रसागमा प्रधानमन्त्री दाहालले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया