सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

आश्विन ७, २०८० | काठमाडौंं

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी सहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, ८ स्थित जनता मा.वि.को भवन निर्माणमा अनियमितता गरेको आरोपमा मरासेनी सहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, विद्यालय भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादव विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरु बिरुद्ध अख्तियारले ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ बिगो माग गर्दै आरोप पत्र दायर गरेको हो । 


प्रतिक्रिया