बझाङमा भुकम्पका कारण दुई जना घाइते

आश्विन १६, २०८०

बझाङमा भुकम्पका कारण दुई जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका १० का दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको तर उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै भुकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउामा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको स्थानीय दिपक जोशीले बताउनुभयो ।

भुकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति पुगेको र जिल्लाभर अन्य ठाउंमा पनि थुप्रै क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिपेश चौधरीले बताउनुभयो । अहिलेसम्म क्षतिको जानकारी नआए पनि थुप्रै संरचना भत्किएको अनुमान रहेको उहांले बताउनुभयो । क्षतिको विवरण संकलन भइरहेको पनि उहांले जानकारी दिनुभयो । बझाङ सदरमुकाम आसपास केन्ऽविन्दु बनाएर अपरान्ह ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निच्युडको भुकम्प गएको थियो ।

भुकम्पको धक्का सुदुरपश्चिमका सबै जिल्लामा महसुस गरिएको हाम्रा सहकर्मीले जनाएका छन् । पटक पटक परकम्पन गइरहेको हुनाले स्थानीय त्रसित छन् । स्थानीयहरु घर बाहिर खुला चौरमा बसिरहेका छन् । भुकम्पको धक्काका कारण जिल्ला अस्पतालमा भएका विरामीहरुलाई पनि बाहिर निकालिएको छ ।

यस अघि बझाङकै तल्कोट गाउापालिका केन्ऽ विन्दु भएर अपरान्ह २ बजेर ४० मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूडको भुकम्प गएको मापन केन्ऽका प्रमुख बलबहादुर तामाङले बताउनुभयो । ठुलो भुकम्पपछि पनि लगातार परकम्पहरु गइरहेको हुनाले खुला ठांउमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन तामाङको सुझाव छ ।


प्रतिक्रिया