एमाले गण्डकी प्रदेशको निर्वाचन भोलि

आश्विन १६, २०८० | पोखरा

एमालेको गण्डकी प्रदेश कमिटीको निर्वाचन भोलि हुने भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार भोलि अपरान्ह एक बजेबाट मतदान हुने भएको हो । निर्वाचन समितिले मदताता नामावली प्रकाशन गरिसकेको छ । गण्डकी प्रदेश कमिटीको नेतृत्वका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारी पक्षीय नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश कमिटीको अधिवेशन अन्तर्गत अहिले पोखरा सभागृहमा बन्द सत्र चलिरहेकोे छ । एमालेको प्रदेश कमिटी अन्तर्गत कोशी, बागमति, लुम्बिनी र कर्णालीमा नयाँ कार्यसमिति चयन भइसकेको छ । मधेस र सुदुरपश्चिम प्रदेशमा अधिवेशन हुन बाँकी छ । 


प्रतिक्रिया