बीपी प्रतिष्ठानका १७७ जना डाक्टरहरुले एकसाथ विदा मागे

आश्विन २१, २०८०

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकहरुले सामुहिक विदा मागेका छन् । सिनियर रेजिडेण्ट, एसिस्टेण्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरुले इमेलमार्फत प्रतिष्ठानका विभागीय प्रमुख र प्रशासनमा विदाको निवेदन दिएका छन् । ननमेडिकल कर्मचारीको १५ बर्षदेखि र चिकित्सकहरुको करिव ७ बर्षदेखि रोकिएको बढुवा प्रकृयाको बारेमा प्रतिष्ठानका पदाधिकारीहरुले माग सम्बोधन गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्री र प्रधानमन्त्री भेटेर ज्ञापन पत्र बुझाउन सामुहिक विदाको निवेदन दिइएको बताइएको छ । 

प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा सेरजा अहमद खानले प्रतिष्ठानका पदाधिकारीहरुले समस्या समाधान गर्न नसकेको बताउनुभयो । सामुहिक रुपमा काठमाण्डों आउनका लागि विदा माग गरेको उहांको भनाई छ । सिनेट अध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री र कुलपति प्रधानमन्त्रीलाई असोज २६ गतेसम्मको अल्टिमेटम दिने र सो अवधिसम्म पनि समस्याको सम्बोधन नगरे सामुहिक राजीनामा दिने तयारी भएको समाजका अध्यक्ष डा खानले बताउनुभयो । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको नियमति बढुवा र वृत्तिविकास नहुंदा पछिल्लो पाच बर्ष यता एक सय बढी फ्याकल्टि चिकित्सकहरु पलायन भएका छन् । 


प्रतिक्रिया