तिलोत्तमा नगरपालिकालाई सिटिनेटको सदस्यता

मंसिर १, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाको संस्था (सिटीनेट) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरुबीच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रुपमा रहेको सो संस्थामा तिलोत्तमा नगरपालिकाले प्रवेश पाएको हो । 

दक्षिण कोरियाको सियोलमा सचिवालय रहेको सो संस्थाको कार्यसमितिमा सर्वसम्मत रुपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । 

सिटीनेट सन् १९८७ मा स्थापित शहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो । 

एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिका लगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले शहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने जनाएको छ । यसमा आबद्ध भएका नगर र संघसंस्थाबीच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ ।


प्रतिक्रिया