त्रिभुवन विश्वविद्यालयले अब कुलपति पदक नबाँड्ने

मंसिर १३, २०८० | काठमाडौं

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको सो पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो ।

 त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो । कुलपति पदक नौ वटै संकायमा सबैभन्दा बढी अंक ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिंदै आइएको थियो ।

 पदकमा तीन तोला सुन र प्रमाणपत्र हुने गरेको उहाँको भनाई थियो । दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिनुभयो । 

उहांका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोकृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ । त्रिविको ४९ औ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रंगशालामा हुँदैछ । 


प्रतिक्रिया