बाँकेमा दुई महिनायता २२ वटा मोटरसाइकल चोरी

मंसिर १८, २०८० | काठमाडौं

बाँकेमा दुई महिनायता २२ वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका सात वटा मोटरसाइकलसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चोरीका मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाइएको समेत पाइएको छ ।

नेपालगन्ज उपमहानगर क्षेत्रमा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढेपछि प्रहरीले गरेको अनुसन्धानबाट तथ्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डांगीले जानकारी गराउनुभयो । चोरी गरिएका मोटरसाइकल भारतमा पुग्ने र मोडिफाई भएर भित्रिने गरेको प्रहरीको भनाई छ ।  


प्रतिक्रिया