सरकार चीनसँग सहयोग लिन डरायोः ओली

मंसिर १८, २०८० | काठमाडौं

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा आज दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै अध्यक्ष ओलीले चीन सरकारले नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराएको बताउनुभयो ।

उहाँले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने भन्दै विकासका लागि राजनीति गर्नुपर्ने बताउनुभयो । नेताहरु राजनीतिका मात्रै नभई विकासका नेता हुनुपर्ने उहाँको भनाई थियोे ।

विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैंले गर्नुपर्ने भन्दै तत्काल विकासका लागि काम थाल्न नेता÷कार्यकर्ताहरूलाई ओलीले निर्देशन दिनुभयो । फरक प्रसंगमा उहाँले आगामी चुनावमा बहुमतका लागि एमालेलाई कसैले रोक्न नसक्ने दाबी समेत गर्नुभयो ।  


प्रतिक्रिया