कोरोना संक्रमणपछि मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक

मंसिर १८, २०८० | काठमाडौं

कोरोना भाइरस संक्रमण पछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक पुगेका छन् ।

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । 

सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबरमा सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । 

सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा पुगेका छन् । सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । 


प्रतिक्रिया