बस्ती पसेर दुख दिने ध्रुबे हात्तीमा तेस्रो पटक सेटलाइट कलर जडान

मंसिर २५, २०८० | चितवन

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा घर भत्काएर स्थानीयलाई दुख दिने गरेको जंगाली ध्रुबे हात्तीलाई तेस्रो पटक सेटलाइट कलर जडान गरिएको छ । 

हात्तीको गतिविधिलाई टाढैबाट सुरक्षित र भरपर्दाे तरिकाले निगरानी गर्न चितवन राष्ट्रिय निकुञ्जको टोलीले ११ वर्षमा तेस्रो पटक सेटलाइट कलर जडान गरेको हो ।

 सेटलाइट कलर राखेपछि “ध्रुबे हात्ती“ कता छ, कहाँ जाँदैछ भन्ने संकेत निकुञ्जले सहजै पाउने र वस्ती तिर जान लाागेमा स्थानीयलाई सचेत गराउन सहज हुने निकुञ्जका सूचना अधिकारी एंव संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

 सेटलाईट कलर जडान गरिएको सो हात्तीले १५ वटा घर भत्काएको तिवारीले बताउनुभयो । साँझ परेपछि गाउँ छिरेर दुख दिने गरेको हात्तिलाई नियन्त्रणमा लिन यसअघि स्थानीयले माग गर्दै आएका थिए । २०६९ सालमा निकुञ्जभित्र पर्ने माडीमा एक महिनाको बीचमा चारजनाको ज्यान लिएपछि “ध्रुबे“ हात्ती चर्चामा आएको थियो ।  


प्रतिक्रिया