जाडो बढेपछि रुपन्देहीको मर्चवारीमा चार दिन विद्यालय बिदा

पुस २२, २०८० | तिलोत्तमा

पछिल्लो केहि दिन यता चिसो बढ्दै गएपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले चार दिन विद्यालयमा बिदा दिएको छ ।

जाडो बढ्दै गएपछी पालिका भित्रका धार्मिक तथा सामूदायिक विद्यालयमा सोमबारबाट लागू हुने गरि २६ गतेसम्म जाडो बिदा दिइएको गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनुभयो ।

अत्यधिक जाडो भएकापछि बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने जाखिम देखिएकाले वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा दिइएको गाउँपालिकाले जनाएको छ ।  


प्रतिक्रिया