गठबन्धन सरकारप्रति पार्टीभित्र असन्तुष्टि बढेको छः खनाल

फाल्गुन ९, २०८०

एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र असन्तुष्टि बढेको बताउनुभएको छ । झापामा आयोजित एक कार्यक्रममा खनालले सत्ता गठबन्धन लक्ष्य अनुसार चल्न नसकेको बताउनुभयो ।

देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै नागरिकका मागहरुलाई सम्बोधन गर्न सरकारले बजेट र योजनाहरु लिएर आउन आवश्यक रहेको खनालको भनाइ थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको समेत उहाँले टिप्पणी गर्नुभयो । 


प्रतिक्रिया