संघीय संसदका महासचिव पाण्डेयले दोहोरो नागरिकता लिएको विषय संसदमा प्रवेश

फाल्गुन ११, २०८० | काठमाडौं

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले उमेर घटाएर दोस्रो नागरिकता लिएको र सोही नागरिकता दुरुपयोग गरी राहदानी लिएको विषय संसद बैठकमा उठेको छ । 

सत्तारुढ दलका दुई सांसदले महासचिव पाण्डेयको राहदानी र नागरिकताको विषय संसद् बैठकमा उठाएका हुन् । माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले संघीय संसद्का महासचिव पाण्डेयका नागरिकता र पासपोर्टको विषय संसदमा उठ्नुपर्ने बताउनुभयो ।

महासचिवको नागरिकता र राहदानीको विषयमा छानबिन हुनुपर्ने माग पनि सदनमा उठेको छ । कांग्रेस सांसद राजेन्द्र बजगाईंले महासचिव पाण्डेयको प्रसंगप्रति लक्षित गर्दै नागरिकता छानविनको विषय उठाउनुभएको हो ।

प्रमुख प्रतिपक्ष एमाले र प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले भने संसदको महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा केही बोलेका छैनन् । 


प्रतिक्रिया