केपी ओली कप फुटबलः आयोजकको विजयी सुरुवात
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/sports/1903BlogFitnessTrainingFootballSoccer-1704263825.jpg&w=700&height=600)
फाल्गुन ११, २०८० | काठमाडौं
ललितपुरमा शुरु केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक क्लबले विजयी सुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उद्घाटन खेलमा आयोजक केपी ओली क्लबले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । आयोजक क्लबको जितमा जय गुरुङले २ तथा विदेशी खेलाडी फोडे फोफानाले एक गोल गरे ।
जितसँगै केपी ओली क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । १० टिम सहभागी प्रतियोगिताको दोस्रो खेलमा पर्सि आइतबार न्युरोड टिम एनआरटी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । अध्यक्ष ओलीको जन्म दिनको अवसरमा केपी ओली कप फुटबलको आयोजना गरिएको हो ।