प्रसूति गृहबाट चोरी भएको बच्चा परिवारको जिम्मामा

फाल्गुन १२, २०८० | काठमाडौं

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट चोरी भएका २६ दिनको बच्चालाई प्रहरीले काँडाघारी क्षेत्रमा फेला पारेर परिवारको जिम्मा लगाएको छ ।

ती बच्चालाई परिवारको जिम्मा लगाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रसृति गृहबाट बच्चा लिएर जाने महिलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बच्चा लिई फरार भएकी दैलेख नौमुले गाउँपालिका–१ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने मनकुमारी सिंह, उनका श्रीमान नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पक्राउ गरेको छ ।

हिजो बिहान ११ बजे नियमित परीक्षणका लागि अस्पताल पुगेकी काभ्रेकी २२ वर्षीया सबिना श्रेष्ठले आफ्नो बच्चा अपरिचित महिलालाई बोक्न दिएकी थिइन् । तर, आफ्नो बच्चासहित ती महिला अस्पतालबाट गायब भएपछि अनुसन्धानका लागि सविनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार मनकुमारीले आफ्नो सन्तान नभएकाले ती शिशुलाई पाल्न घरमा लगेको वयान दिएकी छन् ।  


प्रतिक्रिया