दादुरा रुबेलाविरुद्ध खोप लगाउन शुरु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८० | काठमाडौं

दादुरा रुबेला विरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । तराई मधेशका २१ तथा काठमाडौ उपत्यकाका ३ सहित २४ जिल्लाका ९ महिना देखी १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप अभियान चैत्र ७ गते सम्म सञ्चालन हुनेछ । बाँकी जिल्लामा भने ९ महिना देखी ५ वर्ष मुनिका बालबालिकालाई खोप दिइने मन्त्रालयले जनाएको छ । 

अभियान अन्र्तगत यसअघी छुटेका ५ वर्ष मुनिका बालबालिकालाई समेत खोप लगाउन सकिने मन्त्रालयले उल्लेख गरेको छ । नियमित खोप छुटेको भए स्थानीय स्वास्थ्य केन्द्रमा गएर लगाउन सरकारले आग्रह गरेको छ । दादुरा रुबेला विरुद्धको खोप अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ । मुलुकभरका ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकामाझ खोप अभियान पु¥याउने लक्ष्य लिइएको छ । नेपालमा ३५ वर्ष अघिदेखी दादुरा र ११ वर्ष अघि देखी रुबेला विरुद्धको खोप अभियान सञ्चालन हँुदै आएको हो । 


प्रतिक्रिया