जुधेर मर्‍यो १२ वर्षको भाले गैंडा

फाल्गुन १४, २०८० | चितवन

चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ मा पर्ने बेलसहर मध्यवर्ती सामुदायिक वन क्षेत्रको राप्ती नदी किनारमा शनिबार अन्दाजी १२ वर्षकमे भाले गैंडा मृत भेटिएको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार एक आपसमा जुधेका कारण गैंडाको मृत्यु भएको हो । गैंडा सानो खोल्सो जस्तो अप्ठ्यारो ठाउँमा अड्केको थियो । 

योसहित निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म १३ वटा गैंडा मरेको सुचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैंडा दुर्लभ वन्य जन्तु हो । 

पछिल्लो पटक तीन वर्षअघि भएको गणनामा देशभर ७ सय ५२ गैंडा रहेकोमा चितवन निकुञ्जमा सबैभन्दा धेरै ६ सय ९४ गैंडा भेटिएका थिए ।


प्रतिक्रिया