संसद् भवन र सिंहदरबार आसपासको डोरी हटाइयो

फाल्गुन १७, २०८० | काठमाडौं

नागरिकस्तरबाट व्यापक आलोचना भएपछि प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबार परिसर बाहिरको फुटपाथमा लगाएको डोरी हटाएको छ ।

सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् भवन परिसरभित्र पसेपछि प्रहरीले संसद् भवन र सिंहदरबार बाहिरका फुटपाथमा डोरी लगाएर सर्वसाधारणलाई हिँड्न प्रतिबन्ध लगाएको थियो ।

बानेश्वरस्थित संघीय संसद् भवन वरपर फुटपाथमा डोरीले घेरा लगाइएको थियो । पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर समेत टाँसिएका थिए ।

ती क्षेत्रमा सधैंका लागि नभई तत्कालको घटनालाई मध्यनजर गरेर मात्र डोरी टाँगिएको र अहिले हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताउनुभयो । 


प्रतिक्रिया