राजस्व चुहावट मुद्दामा फरार दूई प्रतिवादी पक्राउ

फाल्गुन १७, २०८० | काठमाडौं

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी दूई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ वेनिघाट रोराङ गाउँपालिकास्थित न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र सोही सप्लायर्सका बैंक खाता संचालक ४१ वर्षीय प्रदिप कुमार गुप्ता छन् ।

उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १÷१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो ।

उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरेर मूल्य अभिवृद्धि कर र आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेका थिए । सोही मुद्धामा अदालतले उनीहरू विरूद्ध सो कैद तथा जरिवाना सजाय फैसला गरेको थियो । 


प्रतिक्रिया