म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छः प्रधानमन्त्री दाहाल

फाल्गुन २१, २०८० | काठमाडौं

नेपाली राजनीतिको अस्थिर पात्र भएको भन्दै आफ्नो आलोचना भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले “आफू नमर्दासम्म देशमा उथलपुथल” भइरहने बताउनुभएको छ । काठमाडौंको सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्र र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता–कार्यकर्ता सहभागी भएको कार्यक्रममा उहाँले सत्ता गठबन्धन फेर्नु “निरन्तरतामा क्रमभंगता” भएको समेत बताउनुभयो । प्रधानमन्त्री दाहालले आफूविरुद्ध घेरावन्दी भइरहेको भन्दै त्यसबाट जोगिन जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनुभयो ।

यसअघि दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गर्नुभएको थियो । दाहालले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताउनुभएको छ ।

बैठकमा उहाँले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताउनुभएको थियो । दाहालले सरकारका कामलाई गति दिने, शान्ति प्रक्रियाका काम पूरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन अहिले समीकरण नयाँ बनाउन लागिएको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया