बारामा बस पल्टिंदा २३ जना घाइते

फाल्गुन २२, २०८० | बारा

पथलैया सडक खण्डको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक यात्रुबाहक बस मंगलवार पल्टिंदा २३ जना घाइते भएका छन् ।

ठेगाना खुल्न नसकेको बसमा सवार निसु खड्काको अवस्था गम्भीर रहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । खड्कालाई थप उपचारका लागि भरतपुर पठाउने तयारी भइरहेको उहांले बताउनुभयो । १८ जनाको हेटौंडा सरकारी अस्पताल र ५ जनाको अमलेखगन्जमै उपचार भइरहेको छ । 

चितवनबाट जनकपुर तर्फ जांदै गरेको ना ६ ख ९०३० नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० फिट तल खस्दा दुर्घटना भएको हो । 


प्रतिक्रिया