कोशी प्रदेशको मन्त्रीपरिषद बैठक अब प्रत्येक महिना धनकुटामा बस्ने

चैत्र १३, २०८०

कोशी प्रदेशको मन्त्रीपरिषद बैठक अब प्रत्येक महिना धनकुटामा बस्ने भएको छ । धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, बैठकले प्रदेश अन्तर्गतका सम्पूर्ण कार्यालयहरुले उपहारको रुपमा प्रदान गरिने सामग्री कोशी प्रदेशमा उत्पादन हुने वस्तु मात्र प्रयोग गर्ने बैठकले निर्णय गरेको छ । 

प्रदेश राजधानी कायम भएपछि पहिलो पटक विराटनगर बाहिर बसेको बैठकले तीर्थस्थल खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राईले जानकारी दिनुभयो ।

यस्तै, धनकुटामा लगानी बोर्डको बैठकले बोर्डको आगामी जेठ ७ देखि ९ गतेसम्म विश्व चिया सम्मेलन तथा लगानी एक्स्पो गर्ने भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाका अनुसार बैठकले यस्तो निर्णय गरेको हो । भेडेटारमा रहेको स्काइ वाकको रोयल्टी धनकुटाको सांगुरीगढी र सुनसरीको धरान उपमहानगरपालिका बिच बांडफाट गर्न प्रतिनिधिबिच समिति गठन गरिएको छ । बैठकले स्काइ वाकबाट प्राप्त राजश्व तथा आम्दानी बा“डफाड प्रतिवेदन सोहि समितिलाई पेश गरेर कार्य अघि बढाइने निर्णय भएको हो । 


प्रतिक्रिया