अपराध नियन्त्रण गर्न सीमावर्ती बासिन्दासँग सशस्त्र प्रहरी

चैत्र १७, २०८० | बारा

सीमा क्षेत्रमा बढ्दो अपराधलाई रोक्न सशस्त्र प्रहरीले सीमा आसपासका बासिन्दासँग दसगजामै दोहोरो संवाद अभियान सुरु गरेको छ । बारा अन्तर्गत पर्ने ६२ किमी खुला सीमाको फाइदा उठाउँदै दुबै तर्फ हुने गरेको चोरी तस्करीसँगै हातहतियार, बिष्फोटक पदार्थ, लागूऔषध, नक्कली नोट, मानव ओसारपसार रोक्न संवाद अभियान सुरु गरिएको सीमा सुरक्षा बल सशस्त्र प्रहरीको १२ नम्बर गणका गणपति प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले बताृउनुभयो । 

संवादको क्रममा सिम्रौनगढ नगरपालिका ९ बसवरिया गाउँको देवताल पोखरीमा आज सीमा आसपासका स्थानीयबासिन्दासँग संवाद गरिएको हो । संवादमा सहभागी जनप्रतिनिधि, व्यापारी, स्थानीय बासिन्दाले जीविकोपार्जनसँग जोडिएको सीमालाई सहज बनाउन माग गरे । सीमामा आउजाउदेखि, विवाहमा प्रयोग हुने सवारी साधनको आवागमन, किसानलाई आवश्यक पर्ने मल, बीउ, भोजभतेरका लागि चाहिने खाद्यन्न भारतमा सस्तो पर्ने भएकोले व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट ल्याउन दिन सहज बनाइ दिन उनीहरुले आग्रह गरे ।

सशस्त्र सीमा सुरक्षा बलले सीमामा लामो पैदल गस्ती पनि बढाएको छ । सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी बल काम कर्तव्य भएपनि त्यसमा साकारात्मक सहयोग पुर्याउन १२ नम्बर गणका गणपति सिंहले सहभागीहरुलाई अनुरोध गर्नुभयो । 


प्रतिक्रिया