कपिलवस्तुमा एक भारतीय नागरिकको अपहरणपछि हत्या

वैशाख ७, २०८१ | काठमाडौं

कपिलवस्तुको मायादेवी गाउँपालिकामा एक भारतीय नागरिकलाई अपहरणपछि हत्या भएको छ ।

भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षे जमाल अहमदको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चढेर हिजो नेपालतर्फ आउनेक्रममा अहमदको बिजुवा पुलबाट अपहरण भएको थियो ।

उनलाई अभिराभ गाउँ नजिक रहेको ईसलाहुल मुस्लिम मर्दशाको खाली कोठामा बाँधेर कुटपिट गरि हत्या गरिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवरत्न पौडेलले बताउनुभयो ।

घटनामा संलग्न भएको आशंकामा ३ नेपाली नागरिक पक्राउ परेका छन् । 


प्रतिक्रिया