सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालन

वैशाख ७, २०८१ | काठमाडौं

सगरमाथा आरोहणका लागि यो वर्षदेखि नयाँबाटो सञ्चालमा आएको छ । सगरमाथाको पहिलो आधार शिविर नजिक रहेको ल्हो ला पिक रुट भएर नयाँ बाटो तयार पारिएको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

हिमाली बाटो तय गर्ने विज्ञ ८ जना शेर्पाको टोलीले  सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म नयाँ बाटो तय गरेको हो । सन् २०१३ देखि सन् २०१४ सम्म प्रयोग भएको बाटोमा हिउँको अवस्था अस्थिर देखिएकाले नयाँ बाटो निर्माण गरिएको निर्देशक गुरुङको भनाई छ ।

आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफल लगायतका ठाउँको बाटो बनाउन निकै अप्ठ्यारो मानिन्छ । ल्होत्से र नुप्से हिमाल आरोहणको समेत सोही बाटो प्रयोग गर्ने भएकाले समय समयमा बिग्रिइरहने यो बाटो बनाउन धेरै भ¥याङ, डोरी र समय लाग्ने गरेको छ ।  


प्रतिक्रिया