विगतका सहमति कार्यान्वयन गर्न डा. केसीको सरकारलाई आग्रह

वैशाख ८, २०८१ | काठमाडौं

चिकित्सा शिक्षामा सुधारका लागि आवाज उठाउँदै आएका डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

तीन साताको अल्टिमेटम दिदै केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही तथा सबै नेपालीलाई निःशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न माग गर्नुभएका हो ।

उहाँले कैलालीको गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज ÷प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने लगायत माग राख्नुभएको छ ।

डा. केसीले उच्च शिक्षा र प्रतिष्ठान सम्बन्धी ऐन पारित नगरे सत्याग्रहसहितका दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने बताउनुभएको छ ।  


प्रतिक्रिया