मदन भण्डारीको हत्यारा एमालेले पत्ता लगाउन नसकेको देउवाको टिप्पणी

वैशाख १०, २०८१

कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमालेले आयोजना गरेको विशेष कार्यक्रममा जीप दुर्घटनामा सो पार्टीका तत्कालिन महासचिव मदन भण्डारीको निधन भएको बिषयले प्रवेश पाएको छ । 

भण्डारीको निधन भएको घटनाको छानविन माग गर्दै गरिएको आन्दोलनको बिषय समेत समेटेर तयार पारिएको भिडियो सामग्रीमा कंग्रेस नेतृत्वको तत्कालिन सरकारको आलोचना गरिएको थियो । त्यसपछि कार्यक्रमलाई सम्वोधन गरेका नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा एमालेले पत्ता लगाउन नसकेको टिप्पणी गर्नुभयो ।

पटक पटक सत्तामा पुगेपनि एमालेले भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको र कंग्रेसलाई दोष दिन खोजिएको देउवाको भनाइ थियो ।

यसैबीच, पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेका तत्कालिन महासचिव मदन भण्डारीको निधनपछि आफ्नो राजनीतिक जीवन शुरु भएको बताउनुभयो ।

भण्डारीको निधनपछि उहाँको सपना पुरा गर्न आफू राजनीतिमा होमिएको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो ।

२०५० साल जेठ ३ गतेचितवनको दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालिन महासचिव भण्डारी र अर्का नेता जीवराज आश्रितको निधन भएको थियो । सो घटनालाई एमालेले रहस्यमय भन्दै आएको छ ।  


प्रतिक्रिया