भोलि सार्वजनिक विदा

वैशाख १०, २०८१

सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन भोलि सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा विदा दिने निर्णय भएको हो । मन्त्रीपरिषद् बैठकमा कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि छलफल भएको थियो ।


प्रतिक्रिया