सहकारीको मुद्धामा थुन्न विपक्षी कांग्रेसलाई गृहमन्त्री लामिछानेको चुनौती

वैशाख ११, २०८१

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसलाई सरकार बनाएर सहकारीको मुद्धामा आफू थुन्न चुनौती दिनु भएको छ । इलाममा आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री लामिछानेले प्रमाण खोजेर आफूलाई थुन्न चुनौती दिनु भएको हो ।

गृहमन्त्री लामिछानेले सहकारी पीडितको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको समेत बताउनुभयो । पीडितको मुद्धा सम्वोधन नगरी राजनीतिबाट विश्राम नलिने उहांको भनाई थियो ।

सहकारी ठगीको बिषयमा प्रतिपक्षी नेपाली कंग्रेसले संसदीय छानविन समितिको माग गरेको सन्दर्भमा गृहमन्त्री लामिछानेले प्रतिपक्षी दलविरुद्ध आक्रामक अभिव्यक्ति दिनु भएको हो । 


प्रतिक्रिया