रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन पहल गर्ने प्रधानमन्त्री दाहालको भनाई

वैशाख २५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले पहल गर्ने बताउनुभएको छ । रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यसँगको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभएको हो ।

रुसी सरकारलाई कुटनीतिक नोट पठाउने लगायत पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । रुसी सेनामा कार्यरत नेपालीका परिवारले उनीहरुलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए । प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । 


प्रतिक्रिया