फिनल्यान्डबाट आउने १३ मिलियन युरो अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

जेष्ठ ३, २०८१ | काठमाडौं

सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवंम् सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो ।

त्यस्तै सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्राध्यापक डा लेखनाथ शर्मा नियुक्ति गर्ने निर्णय गरेको छ । 


प्रतिक्रिया