सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत

जेष्ठ ३, २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाउनुभएको हो । सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका छन् ।

काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षधर र राप्रपाका सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् । बैठक सुरु हुनेबित्तिकै विरोधसहित उनीहरूले नाराबाजी गरेका थिए ।

विरोधका बीच सभामुख भीमबहादुर भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।

बैठक विपक्षीविहीन रहेको थियो । बैठकमा २८ जना सहभागी भएका थिए ।


प्रतिक्रिया