हात्तीको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

जेष्ठ ४, २०८१ | काठमाडौं

मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो ।

उनीसहित ३ जना हिजो निकुञ्जमा भैँसी चराउन गएको अवस्थामा हात्तीले आक्रमण गर्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

राईसँगै गोठालो गएका दुई जना भाग्न सफल भएका थिए । हात्तीको आक्रमणबाट मकवानपुरमा चालु आर्थिक वर्षको ११ महिनामा ४ जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया